सरकारबाट फिर्ता नहुनेलाई मन्त्रि लाई माओवादी केन्द्रले कारबाही गर्दै

फिल्को मिसन

२०७७ चैत, १ आईतबार
काठमाण्डौं । माओवादी केन्द्रले माओवादीबाट सरकारमा गएका र फिर्ता नभएका मन्त्रीहरुलाई कारबाहीको तयारी गरेको छ । हिजो बसेको स्थायी कमिटी बैठकले एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहित आफ्ना नेताहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्रह गरेको माओवादी केन्द्रले उनीहरूलाई कारबाही गर्ने तयारी गरेको छ ।
बस्ने केन्द्रीय कमिटीको बैठकले यस विषयमा निर्णय गर्न सक्ने बताइएको छ । यस्तै हिजोको बैठकले चैत २ गतेका लागि आह्वान गरिएको राष्ट्रिय कार्यकर्ता भेला पनि स्थगित गरेको छ । हिजोको बैठकले एमालेको केन्द्रीय समितिमा सिफारिस भएका माओवादी केन्द्रका २३ जना नेतालाई आफ्नो पोजिशन २४ घण्टाभित्र स्पष्ट पार्न पनि निर्देशन दिएको थियो । माओवादी नफर्कने निर्णय गरेकाहरुलाई केही महत्त्वपूर्ण जिम्मेवारीसमेत दिइएको छ । माओवादी केन्द्रले कारबाहीको तयारी गरे पनि उनीहरु फिर्ता नहुने मनस्थितिमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस