माधव नेपाल समूहले बोलायो आकस्मिक बैठक
२०७७ फागनु,२८शुक्रबार
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बसेको छ । अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महासचिवबाहेकका पदाधिकारीहरु हटाइसकेपछि र एकतर्फी रुपमा गरेको महाधिवेशनको मिति घोषणापछि खनाल–नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बसेको छ ।
प्रतिक्रिया दिनुहोस