माधब नेपाल पक्षसंग छलफल गरेर अगाडी बढ्ने प्रचण्डको भनाइ
![](https://www.philcomission.com/wp-content/uploads/2021/03/157279912_1822878141221374_3032005584380869895_o.jpg)
२०७७फागनु,२८शुक्रबार
काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल पक्ष सँग छलफल गरेरमात्र आफूहरू सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा रहेको बताउनुभएको छ । आज बुटवलमा आयोजित कार्यक्रममा प्रचण्डले आफूहरूले समर्थन फिर्ता लिएपछि सरकारलाई विश्वासको मत लिनुपर्ने बाध्यता पनि बताउनुभयो । तर त्यसअघि नेकपा एमाले भित्रका माधव नेपाल , झलनाथ खनाल लगायतसँग छलफल गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।
सबैसँग एउटा समझदारी बनाएर समर्थन फिर्ता लिँदा सरकार ढल्ने उहाँको भनाइ थियो । जनता समाजवादी पार्टीमा विभिन्न धार देखिएको त्यसबाट प्रधानमन्त्री केपी शर्मा ओलीले १८ देखि २० सांसद लैजाने तयारी गरेको पनि प्रचण्डको भनाइ थियो ।