विश्वभर कोरोना सङ्क्रमित ११ करोड ६६ लाख ३३ हजार संक्रमित
२०७७ फाल्गुन,२२शनिबार
एजेन्सी । विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ११ करोड ६६ लाख ३३ हजार ५ सय ३ पुगेको छ । जसमध्ये २५ लाख ९० हजार ७ सय २६ जनाको मृत्यु भएको वल्डोमिटरले जनाएको छ । अहिलेसम्म ९ करोड २२ लाख ३९ हजार ९ सय ७ जना कोराना मुक्त भएका छन् । विश्वभर २ करोड १ लाख २ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । कोरोका कारण अमेरिकामा मात्रै ५ लाख ३६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने ब्राजिलमा २ लाख ६२ हजार ९ सयभन्दा बढी र मेक्सिकोमा एक लाख ८८ हजार ८ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।
भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण एक सय १३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७ हजार ५ सय ४८ पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । हाल भारतमा एक लाख ७६ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका र एक करोड आठ लाख ३९ हजारभन्दा बढी कोराना मुक्त भएका छन् ।