काँग्रेसको क्रियाशील सदस्यताको लागि छानविन समितिले काम सुरू

फिल्को मिसन

२०७७ फाल्गुन,९आईतबार
काठमाण्डौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठन गरेको क्रियाशील सदस्यता छानविन समितिले काम सुरू गरेको जनाएको छ ।
क्रियाशील सदस्यता छानविनलाई तीव्रता दिइएको उक्त समितिको भनाइ छ । समिति संयोजक केन्द्रीय सदस्य रमेश लेखक हुन् । काँग्रेसले १४ औं महाधिवेशन भदौ ७ देखि गर्ने निर्णय गरेको छ । वडा अधिवेशन असारदेखि नै सुरू हुन्छन् । अधिवेशन गर्न क्रियाशील सदस्यताको टुंगो लगाइसक्नुपर्ने हुन्छ। क्रियाशील सदस्य नै तल्ला तहमा अधिवेशनका लागि मतदाता हुन्छन् । अहिलेसम्म अर्घाखाँची जिल्लाले मात्रै क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाएको छ ।
केही जिल्लामा समायोजनकै काम बाँकी छन् । समितिले क्रियाशीलको विवरण छिटो केन्द्रमा पठाउन जिल्ला कार्यसमितिहरूलाई आग्रह पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस