पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई उपचारका लागि दिल्ली जाँदै
२०७७ फाल्गुन,९आईतबार
काठमाण्डौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई आज भारत जान लाग्नुभएको छ । उनी आज विहान ११ बजेर २० मिनेटमा नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जान लागेका हुन् ।
उहाँको सचिवालयका अनुसार पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आउनुभएका डा. भट्टराईलाई अहिले चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सिफारिस गरेकाले त्यसको उपचारका लागि उहाँ आज दिल्ली जान लाग्नुभएको हो ।
दिल्लीमा उहाँको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’ मा हुनेछ । उपचारका लागि दिल्लीमा रहँदा उहाँको बसाइ नेपाली दूतावासमा हुने पनि बताइएको छ । उपचारका क्रममा उनीसँग पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे जानेछन ।