ओली समूहको युवा सङ्घले चैतभित्र पाँच लाख साइबर सेना बनाउने
२०७७ फाल्गुन,९आईतबार
काठमाण्डौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका निकट राष्ट्रिय युवा संघले चैत मसान्तभित्र पाँच लाख सदस्यता वितरण गर्ने भएको छ ।हालै सम्पन्न दोस्रो केन्द्रीय कमिटी बैठकको हिजो निर्णय सार्वजनिक गर्दै संघका नवनिर्वाचित अध्यक्ष बचनबहादुर सिंहले ‘जहाँ युवा त्यहाँ राष्ट्रिय युवा संघ’ मान्यता अनुरूप चैत मसान्तभित्र पाँच लाख सदस्य विस्तार गर्ने बताउनुभयो । मुलुकको स्वाधीनता तथा जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न सबै कमिटीमा साइबर सेना गठन गर्नेसमेत उहाँको भनाइ छ । उनले सबै कमिटीमा साइबर सेना गठन गर्नेसमेत जानकारी दिए। मुलुकको स्वाधीनता तथा जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न सबै कमिटीमा साइबर सेना बनाउन थालिएको बताए। यसअघि तत्कालीन नेकपा (एमाले)को युवा सङ्घले युथ फोर्स गठन गरेको थियो।
चैत मसान्तभित्र ७७ वटा जिल्ला कमिटी, १ सय ६५ वटा संघीय निर्वाचन क्षेत्र समन्वय कमिटी, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी, ७ सय ५३ स्थानीय तह कमिटी र ६ हजार ७ सय ४३ वडा कमिटी गठन गर्नेसमेत उहाँले जानकारी दिनुभयो ।