कुखुरामा देखिएको बर्ड फ्लु पहिलोपटक मानिसमा सर्यो
२०७७ फाल्गुन,९आइतबार
एजेन्सी । कुखुरामा देखिएको बर्ड फ्लु पहिलोपटक मानिसमा सरेको घटना सार्वजनिक भएको छ। रसियामा पहिलोपटक बर्डफ्लु मानिसमा सरेको भेटिएको हो।गत डिसेम्बरमा रसियाको एक कुखुरा पोल्ट्री फार्ममा कार्यरत सात जना कामदारमा बर्ड फ्लु पुष्टि भएको उपभोक्तको स्वास्थ्य हितमा काम गर्ने अन्न पोपोभालाई उद्धृत गर्दै बिबिसिले जनाएको छ।ती सातै जना कामदार अहिले निको हुने क्रममा रहेको अन्न पोपोभाले बताएकी छिन्। पोपोभाले मानिसबाट मानिसमा उक्त बर्ड फ्लु सर्ने सम्भावना भने नदेखिएको बताएकी छिन्।यो घटनाको रिपोर्ट विश्व स्वास्थ्य संगठनलाई गराईसकेको पापोभालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।