प्रतिनिधिसभा पुर्नस्थापना भए आन्दोलनमा जाने ओलीको चेतावनी

फिल्को मिसन

२०७७ फाल्गुन,९
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापना गरे गठ जोडको सरकार बन्ने र मुलुक अस्थिरतामा जाने दावी गर्नु भएको छ । नेकपाको ओली समूहले हिजो विराटनगरमा गरेको सभामा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना भए एकल पार्टीको बहुमतको सरकार नरहने बताउनुभयो ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा बिघटनको बिषयमा अन्ति फैसला गर्ने मिति नजिकदै गर्दा दलहरुले आ आफ्नै किसिमका राय पनि दिइरहेका छन् । नेकपाको अर्को पक्षले भने प्रतिनिधिसभा पुनस्थापना भए देशमा थप संकट आइपर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस