कामचलाउ प्रधानमन्त्री ओली सर्वोच्च अदालतमा
२०७७ फाल्गुण,६विहीबार
काठमाडौँ । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अपहेलना मुद्दामा लिखित जवाफ दिन सर्वोच्च अदालतमा जाँदैछन् । कामचलाउ प्रधानमन्त्री ओली बिहान साढे ११ बजे लिखित जवाफ लिएर सर्वोच्च जान लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
कामचलाउ प्रधानमन्त्री ओली सर्वोच्च जान भएपछि सुरक्षा व्षवस्था कडा पारिएको छ । सर्वोच्च परिसरमा कामचलाउ प्रधानमन्त्री ओलीका सुरक्षाकर्मीहरू तैनाथ छन् । आज सर्वोच्च अदालतमा आफैं उपस्थित भएर ११ बुँदे लिखित जवाफ बुझउँदै प्रधानमन्त्री ओलीले आफू ओलीले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा अडिग रहेको जनाउनुभएको छ ।
प्रधानमत्रीले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको एउटा पक्ष आफू भएकाले मुद्दा जित्ने आधार यस्ता छन् भन्नु स्वभाविक हुने जिकिर गर्दै अवहेलनाको निवेदन खारेज गर्न माग गर्नुभएको छ ।