पीसीआर परीक्षणको शुल्क घट्यो

फिल्को मिसन

२०७७ माघ,२९गते
काठमाण्डौं ।सरकारले कोभिड–१९ को परीक्षणका लागि गरिने पीसीआर शुल्क समायोजन गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षण (पीसीआर) को शुल्क ११ सय रुपैयाँले घटाएको छ।
स्वास्थ्य मन्त्रालयले आइतबारदेखि लागू हुने गरी नयाँ शुल्क ४ हजार ४०० रुपैयाँ तोकेको छ । अबदेखि सेवा शुल्कसहित बढीमा ४ हजार ४०० रुपैयाँभन्दा बढी लिन पाइने छैन । यसअघि कोरोना परीक्षण शुल्क ५ हजार ५०० रुपैयाँ थियो ।
हाल मन्त्रालयले ९ वटा सरकारी र ११ वटा निजी प्रयोगशालामा गरी कुल २० वटा प्रयोगशालालाई शुल्क लिएर परीक्षण गर्ने अनुमति दिएको छ।
यसअघि निजी अस्पताल र मेडिकल कलेजमा पनि कोभिड–१९ को उपचार गराइरहेको सरकारले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीसहित सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा हिजो बसेको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’ को बैठकले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको हो । मन्त्रालयले यसअघि कोभिड–१९ को उपचारका लागि तोकिएका मेडिकल कलेजमा आजसम्म भर्ना भई उपचाररत रहेका कोभिड–१९ का सङ्क्रमितको १० दिनको मात्र शोधभर्ना उपलब्ध गराउने भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस