प्रधिनिधि सभा विघटनको मुद्दामा आज बहस नहुने

फिल्को मिसन

२०७७ माघ,२७मंगलबार
काठमाण्डौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज बहस नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा आज इजलास नबस्ने जानकारी गराउनुभयो । अब प्रतिनिधि सभा विघटन मुद्दामा भोलि मात्रै बहस हुनेछ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।
आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ मुद्दा परेका छन् । ती मुद्दामाथि ५ सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस