आज ओली समूहले नारायणहिटीमा जनसभा गर्दै

फिल्को मिसन

२०७७ माघ,२३विहीबार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले आज बृहत् सभा आयोजना गर्ने भएको छ।
प्रधानमन्त्री समेत रहेका सो समूहका अध्यक्ष ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्ने उक्त जनसभा नारायणहिटी दरबार संग्राहलयको दक्षिण ढोकातर्फको सडकमा आयोजना हुनेछ।
नेकपा बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता समर्थक आउने जानकारी दिए। सभा सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १सय ११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ।

प्रतिक्रिया दिनुहोस