प्रचण्ड ‐माधव समूहको नेपाल बन्द, कतै खुला कतै बन्द प्रभाव (फोटो फिचर)
२०७७ माघ, २२ विहिबार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज देशभर आम हड्ताल गरेको छ । सरकारले संवैधानिक पदहरूमा गैरकानुनी रुपमा नियुक्ति गरेको विरोधमा सशक्त आन्दोलनको घोषणा गर्दै प्रचण्ड–नेपाल समूहले आज आम हड्ताल गरेको हो । आज आमहड्ताल गरेको प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ता बिहानैदेखि सडकमा उत्रिएका छन् । आम हड्तालको प्रभाव काठमाडौं उपत्यकामा बिहानैदेखि देखिन थालेको छ । बिहानैदेखि प्रहरी र सशस्त्र प्रहरीले काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ ।
बन्दका कारण लामो तथा छोटो दूरीमा चल्ने सवारी साधन, पसल, उद्योग धन्दा, कार्यालय, शैक्षिक संस्थाहरु बन्द रहे । जरुरी कामले यात्रा गर्नुपर्ने सर्वसाधारण, मजदुर, विद्यार्थीलगायतकाहरु बन्दका कारण प्रभावित भएका छन् ।बन्दमा बिहीबार विहानै काठमाडौंको गोंगबुमा एउटा ट्याक्सीमा आगजनी भएको छ । बन्द गराउन सडकमा निस्केका प्रचण्ड माधव समूहका कतिपय कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।नेकपा कार्यकर्ताले सडकमा नाराबाजी र प्रदर्शन गरेका छन् ।