संवैधानिक निकायमा नियुक्त गरेकाको शपथ ग्रहण
२०७७ माघ,२१ बुधबार
काठमाण्डौं । विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई आज राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइएको छ ।
आज बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ गराउनुभएको हो । प्रधानन्यायाधीश जबराले विभिन्न ५ आयोगमा सिफारिस भएकाहरुलाई शपथ ग्रहण गराएका थिए । त्यस्तै सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ खुवाए ।