हुम्लामा स्वास्थ्य जटिल बनेकी गर्भवतीको सेनाको हेलिकप्टरबाट उद्धार
२०८३कार्तिक २२ आईतबार
हुम्ला । उच्च रक्तचापका कारण स्वास्थ्य अवस्था जटिल बनेकी एक गर्भवती महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत लगिएको छ।
बाजुरा जिल्लाको स्वामीकार्तिक गाउँपालिका–१ रुडी स्थायी घर भई हाल हुम्लाको सर्केगाड गाउँपालिका–४ उनापानीस्थित माइतीघरमा बस्दै आएकी २० वर्षीया बसन्ती फडेराको स्वास्थ्यमा समस्या देखिएपछि जिल्ला अस्पताल हुम्लामा उपचारका लागि ल्याइएको थियो।
खेमराज धामीकी श्रीमतीसमेत रहेकी गर्भवती बसन्तीलाई उच्च रक्तचापसँगै शरीरमा कम्पन आउने समस्या देखिएपछि जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको थियो। उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि अन्यत्र लैजानुपर्ने आवश्यकता देखिएको थियो।
अस्पतालमा उपचाररत गर्भवतीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै २०८३ कात्तिक २२ गते नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। उनलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ, सुर्खेत पठाइएको छ।
दुर्गम हिमाली क्षेत्र हुम्लामा स्वास्थ्य उपचारका लागि आवश्यक विशेषज्ञ सेवा उपलब्ध गराउन कठिन हुने अवस्थामा हेलिकप्टर उद्धारले जटिल स्वास्थ्य समस्यामा परेका बिरामीलाई समयमै उपचारको पहुँचमा पु¥याउन सहयोग गर्दै आएको छ।