प्रमुख जिल्ला अधिकारी गुरागाईँले गरे प्रहरी प्रमुखको कार्यकक्ष उद्घाटन

फिल्को मिसन

२०८३ कार्तिक २२ गते, आइतबार
हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लामा नवनिर्मित कार्यालय प्रमुखको कार्यकक्ष उद्घाटन गरिएको छ । प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले आइतबार बिहान ८ः५० बजे रिबन काटेर कार्यकक्षको औपचारिक उद्घाटन गर्नुभएको हो।
नवनिर्मित कार्यकक्षले जिल्ला प्रहरी कार्यालयको संस्थागत व्यवस्थापनलाई थप व्यवस्थित बनाउनुका साथै कार्यसम्पादन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यकक्षको उद्घाटनसँगै प्रहरी प्रशासनको दैनिक कार्यसम्पादन, समन्वय तथा व्यवस्थापनमा सहजता आउने विश्वास गरिएको छ। उद्घाटन कार्यक्रममा जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायत करिब ५० जनाको सहभागिता रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस