सिमकोटका १ हजार ६ सय विद्यार्थीलाई न्यानो कपडा र जुत्ता

अर्जुन बोहरा

२०८३कार्तिक २१,शनिबार
हुम्ला । हिमाली जिल्लामा बढ्दो चिसोका कारण विद्यार्थीको पठनपाठनमा सहजता ल्याउने उद्देश्यले हुम्लाको सिमकोट गाउँपालिकाका १ हजार ६ सय विद्यार्थीलाई न्यानो कपडा तथा जुत्ता वितरण गरिएको छ।
कर्म फ्लाइट्स फाउन्डेसन नेपाल, वार्म नेस्ट फाउन्डेसनको सहयोग र सिमकोट गाउँपालिकाको समन्वयमा हिउँदमा न्यानो सामग्री वितरण अभियान तिहार बिदा सुरु हुनुअघि सम्पन्न भएको हो।


अभियान अन्तर्गत गाउँपालिकाभित्रका १६वटा विद्यालय र हिमाली शैक्षिक स्रोत केन्द्र (ज्भ्ब्म् ल्भउब)ि का विद्यार्थीलाई न्यानो ज्याकेट, जुत्ता र मोजा वितरण गरिएको गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए ।
सिमकोटमा आसपासका विभिन्न विद्यालयमा न्यानो सामग्री वितरण गरिएको थियो । अन्तिम सदरमुकाम सिमकोट रहेका हिमाली बहिरा तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाको विद्यालय, बालविकास आधारभूत विद्यालय, जनज्योति आधारभूत विद्यालय, बालमन्दिर माध्यमिक विद्यालय, मानसरोवर नमुना माध्यमिक विद्यालय र भीमसेन आधारभूत विद्यालयका विद्यार्थीलाई न्यो कपडा वितरण गरिउको थियो।


न्यानो सामग्री वितरणसँगै विद्यालयहरूमा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको पनि गरिएको थियो। भीमसेन आधारभूत विद्यालयका विद्यार्थीले परम्परागत देउडा गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने बालमन्दिर माध्यमिक विद्यालयकी ‘बालमन्दिर स्टार २०२५’ सुमित्राले स्वागत गीत प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष शुशिला रोकाया, शिक्षा शाखा प्रमुख तथा विभिन्न विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। गाउँपालिका अध्यक्षले विद्यार्थीलाई न्यानो सामग्री वितरण गर्दै विभिन्न माध्यमिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न साझेदारी गर्दै आएको कर्म फ्लाइट्स फाउन्डेसनको प्रयासको प्रशंसा गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस