मानवअधिकार रक्षक सञ्जाल गठनका लागि हुम्लामा छलफल

फिल्को मिसन

असोज ४,२०८१
सिमकोट । युवा मानवअधिकार रक्षक सञ्जाल गठनका लागि सरोकारवालाहरु सँगको छलफल कार्यक्रम सम्पन्न भएको छ ।
मानवअधिकार तथा सामाजिक न्याय अभियान अन्र्तगत रोयम नेपालको आयोजनामा शुक्रबार हुम्लाको सदरमुकाम सिमकोटमा जिल्ला स्तरीय छलफल सम्पन्न भएको हो । छलफलमा मानवअधिकारको दायरालाई फराकिलो बनाउदैँ युवा अधिकारकर्मी तयार पारि अघि बढ्नसके मानवअधिकारको प्रत्याभूति सहज गराउन बताएका छन् ।
मानवअधिकार उलंघन तथा ज्यादतीका घटनामा कमी ल्याउदैँ मानवअधिकारको क्षेत्रमा क्रियाशिल भएर पैरवी, वकालत, सचेतीकरणका कार्य गर्न युवा रक्षक सञ्जाल गठन गरिने कर्णाली प्रदेश संयोजक सन्तोष बिकले बताए । छलफलमा जिल्ला स्तरीय रक्षक सञ्जालमा रहनसक्ने सम्भावित व्यक्ति र क्षेत्रको पहिचान गरिएको छ । हुम्लाका ७वटा गाउँपालिका लाई समेटर मानवअधिकार रक्षक सञ्जाल गठन गर्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस