हुम्लामा दुर्लभ हिउँ चितुवा नतिजा सर्वेक्षण प्रतिवेदन सार्वजनिक

चैत २३, २०८१
हुम्ला । हुम्लाको हिमाली पारी नाम्खा गाउँपालिकामा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट दुर्लभ हिउँ चितुवाको नतिजा सर्वेक्षण प्रतिवदेन सार्वजनिक गरेको छ । उकाली परियोजना,तेस्रो धुर्व संरक्षण डिभिजन वन कार्यालय हुम्लाको समन्वयमा आयोजित कार्याक्रममा उक्त हिउँ चितुवाको नतिजा सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको हो ।उक्त प्रतिवेदन अनुसार हुम्लाको नाम्खा गाउँपालिकाभरि हिउँ चितुवाको संख्या ३८.९ रहेको पाइएको छ ।
उकाली परियोजना,तेस्रो धुर्व संरक्षण डिभिजन वन कार्यालय समन्वयको आयोजना गरेको कार्यक्रममा सन् २०२२ देखि २०२३ अविधिसम्म क्षेत्रमा गरिएको हिउँ चितुवा सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको हो । सो प्रतिवेदनअनुसार कम्तीमा ३८को सङ्ख्यामा हिउँ चितुवा रहेको जनाइएको छ ।
पहिलो पटक हुम्लामा दुर्लभ,लोपोन्मुख र संरक्षित बन्जयजन्तुको अनुसुन्धान वैज्ञानिक एवं विश्वसनीय अध्ययन विधिको प्रयोग गरी हिउँ सर्वेक्षण गर्ने उद्देश्यले क्यामरा ट्याप गरी भिन नाम्खाका बिभिन्न संरक्षित क्षेत्रमा गणना गरेको थियो ।
हिउँ चितुवाको अवस्थिति क्यामेरा ट्यापिङ अनुसार करिब घनत्व १.८४ प्रति १०० वर्ग किलोमिटर क्षेत्रफलमा हिउँ चितुवाको बासस्थान मानिएको उक्त सार्वजनित प्रतिवेदनमा भनिएको छ । उक्त क्षेत्रभित्र ६१ ओटा स्वचालित क्यामरा तिन महिना सम्म राखेर फोटो खिची अनुसन्धान क्यामेरा ट्यापिङ प्रविधि विधिमार्फत गणना गरिएको बताएको छ ।
यसैबीच, उकाली तथा तेस्रो धुर्वका अनुसन्धानकर्ता प्रमुख रिन्जिन फुन्जोक लामाले प्रतिवेदन सार्वजनिक गर्दै हिउँ चितुवाको संरक्षणका लागि नेपाल सकार,वन तथा भूसंक्षण विभाग,डिभिजन वन कार्याय हुम्ला,नाम्खा गाउँपालिका हुम्ला र स्थानीय समुदाय महत्वपूण सहयोग भएको बताए । उनले हिउँ चितुवाको संरक्षण र सङ्ख्या वृद्धिका लागि आगामी दिनमा संरक्षणको लागि अन्य क्षेत्रमामा पनि यो अभियान सञ्चालन गर्नुपर्नेमा बताएका छन् ।
हिउँ चितुवाको संरक्षणमा स्थानीय जनतामा चेतना अभिवृद्धि गरी अभियानमा परिचालन गर्नु आवश्यक छ ।” उनले नेपालको पहिचानसँग जोडिएको हिउँ चितुवाको ठूलो महत्व रहेकाले यसको संरक्षणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे ।
हिउँ चितुवा नेपालमा करिब ३ सयदेखि ५ सय र विश्वमा करिब ४ हजारदेखि ६ हजार ५ सयको सङ्ख्यामा रहेको अनुमान छ । दुर्लभ हिउँ चितुवाको महत्वपूर्ण योगदान रहेकोे पोथी हिउँ चितुवा यहाँको धार्मिक, सांस्कृतिक र जैविक सम्पत्ति भएको र स्थानीयले सदियौँदेखि अपनाउँदै आइरहेको पशुपालनव्यवसायलाई अघि बढाउन लागि दिगो रुपमा हिउँचितुवा व्यवस्थापन देखिने भएको यसमा नयाँ कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्ने उक्क्त प्रतिवेदनमा बताएको छ ।
हुम्लाको उतरी नाम्खा गाउँपालिका १ देखि ५ वडामा भिन्न क्षेत्रका यारी,चाला,लिमी लगायतका ६१वटा क्यामेरा जडान हिउँ चितुवाको अनुगमन एवं सर्वेक्षण गरेको थियो । दुर्लभ हिउँ चितुवा बारेमा अध्यान गर्ने र जलवायु परिवर्तनका पारेको प्रभाव, यो दुर्लव जीवको आहारा एवं आनीबानीकन्धानकर्ता लामाले बताए ।जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा घाँस अभाव हुँदा हिउँ चितुवाको आहारा नाउर लगायतको बसत्ी पछ्याउदै मानवबस्तीस सम्म पुग्ने संकेत छ । जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा बढी असर पुर्याएको र यसको प्रभावले हिउँ चितुवाको बासस्थानमा ह्रास आएको उनले बताए । बासस्थानमा आएको ह्रासले यसको आहारा प्रजातिमा कमी आएको लामाले बताए ।
हिउँ चितुवाको संरक्षणका लागि बासस्थान र करिडोर सुधार गर्ने, समुदायको संलग्नता मार्फत मानव–हिउँ चितुवा द्वन्द्व कम गर्ने, प्रभावकारी कानुन कार्यान्वयन मार्फत चोरी सिकारी लाई नियन्त्रण लिनु पर्ने बताएका छन । हिउँ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ ।