के छ कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममा (पूर्ण पाठ)
प्रदेशका प्रमुख तिलक परियारले आर्थिक वर्ष २०८१/०८२ लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ २३, २०८१
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। कर्णाली प्रदेशका प्रमुख तिलक परियारले बुधबार कर्णाली प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
प बुधबार प्रदेश सभा बैठकमा प्रदेश प्रमुख तिलक परियारले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सरकारको नीति तथा कार्यक्रममा शिक्षा, स्वाथ्य, कृषि, सिँचाइ लगायतका पक्षहरुलाई प्राथमिकता दिइएको छ ।
नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक तयारीसँगै पूर्वाधार विकासलाई प्राथामिकता दिइएको छ । आधुनिक सुविधासहितको प्रदेश रङ्गशाला निर्माणको कार्य समय सीमाभित्रै सम्पन्न हुने पनि उल्लेख छ
साथै, मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार युवाहरुलाई रोजगारका विभिन्न अवसर उपलब्ध गराउन कर्णाली प्रदेशका सबै वडाहरुमा प्रदेश सरकारको उपस्थिति रहने पनि बताइएको छ ।