दादुरा–रुबेला खोप अभियान सुरु

हुम्लामा ६ हजार १२जना बालबालिकालाई दादुरा–रुवेलाको खोप दिदै
फाल्गुण १९, २०८०
हुम्ला । जिल्ला स्वास्थ्य सेवा कार्यालयले हुम्लाका सातैवटा गाउँपालिकामा दादुरा–रूबेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। दादुरा–रूबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन २५ देखि चैत ७ गतेसम्म करिव ६ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रूबेला विरुद्धको खोप दिन लागेको हो।
जिल्लाका ७ सातवटा गाउँपालिका बाट ६ हजार १२ जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय हुम्लाका अनुसार १ सय ७ वटा खोप केन्द्रबाट बालबालिकालाई खोप दिने तयारी गरको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए । उनका अनुसार अभियानकै क्रममा नियमित खोप छुटेका र नियमितिरुपमा बालबालिकालाई लगाउने खोप लगाउने भएको बताए ।
नौ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई खोप लगाउने लागिएको हो । जिल्ला स्वाथ्य कार्यालयले खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आ–आफ्ना बालबालिकालाई खोप लगाउन व्यापक सूचना जारी गरेको छ । खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता समस्या देखिए पनि डराईहाल्नु पर्ने अवस्था नरहेको स्वाथ्य कर्मिले बताए ।
खोप अभियानमा ७ वटा रोग विरुद्धको खोप पनि सँगै सञ्चालन हुनेछन् । हेपाटाइटिस बी, धनुष्टाङ्कार, इन्फ्लुएन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियोविरुद्धको खोप पनि सञ्चालन हुने बताए । ती खोप लगाउन छुटेका ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई लगाउने बताए ।
हुम्लाको उच्च स्थानमा रहेका नाम्खा गाउँपालिका वडानं ६को लिमको तिल,जाँग, हल्जी४ नम्बरको चाला गाउँम लगायतको क्षेत्रमा भारि हिंपातकै कारणले बालवालिका लाई खोप लगाउन कठिन हुने स्वास्थ्य सेवा कार्यल प्रमुख सिंहले बताएका छन् ।
जसमा नाम्खामा १५, सिमकोट २०, खार्पुनाथ १४, सर्केगाड २३ , चंखेली १२, अदानचुली १२ र ताँजाकोट गाउँपालिकामा ११ वटा खोप केन्द्र तोकिएका छन् । उक्त खोप केन्द्रमा फागुन २५ गते देखि चैत ७ गते भित्र दादुरा र रुवेला खोप लगाइने भएको छ ।
दादुरा रुबेला खोप अभियानको लक्ष्य लक्षित उमेरका बालबालिकालाई दादुरा रुबेला खोप लगाएर दादुरा र रुबेला रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगबाट सङ्क्रमण हुनसक्ने सम्भावनालाई न्यूनीकरण गर्ने रहेको उनको भनाइ छ ।
सरकारले सन् २०१८ मा दादुरा रुवेलालाई नियन्त्रण गरे पनि निवारण गर्न सकेको छैन । सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक खोप अभियान सञ्चालन गर्न थालेको हो ।