चुवा–लुड्प्या खोला जलविद्युतकोे प्रतिवेदन सार्वजनिक

मंसिर १८,२०८० सोमबार
हुम्ला । कर्णाली प्रदेशको हुम्लामा पर्ने चुवा–लुड्प्या खोला जलविद्युतकोे आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरिएको छ।
हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकाको चुवा खोला–लुड्प्या खोलामा सञ्चालन हुने १ सय १०.२ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको ईआईए प्रतिवेदन सदमुकाम सिमकोटमा सार्वजानिक गरिएको हो।
सिमकोट गाउँपालिका–१को चुवा खोला र खार्पुनाथ गाउँपालिका–५को लुड्प्या खोला विचमा पर्ने मुग्रिकमा निर्माण हुने आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको सारांश सार्वजानिक गरिएको छ ।
नेपाल पोर्टफोलियो इनर्जी प्रालिको आयोजना गरेको सार्वजानिक सुनुवाई कार्यक्रममा सरोकारवालाको सुझाव संकलन गरिएको छ।आयोजना सञ्चालनका लागि निर्माण गरिने आयोजनाको पूर्ण विवरण प्रतिवेदनमा समावेश गरिएको छ। प्रतिवेदनमा पाँच वर्षमा सम्पन्न गर्न सकिने उक्त आयोजना निर्माणका लागि २२ अर्ब ६२ करोड ७६ लाख ७१ हजार ४२३ रुपैयाँ लागत लाग्ने प्रस्ताव गरिएको छ।
यसबाट वार्षिक ऊर्जा ५सय ८६. २३ गिगावाट उत्पादन हुने अनुमान गरिएको छ । आयोजनाको सर्वेक्षणका लागि अनुमति पत्र २०७६ साल मंसिर २९ गते जारीभएकोमा आयोजनाको कार्यसूची वन तथा वातरावरण मन्त्रालयबाट २०८० साल कात्तिक १५ गतेमा स्वीकृत भएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
उक्त आयोजनाका लागि कुल १८ दशमलव ३३ हेक्टर जग्गा आवश्यक पर्नेमा निजी स्थानीय व्यक्तीको जग्गा २.८६ हेक्टर र सरकारी वन तर्फ १५.४६ हेक्टरको जग्गा जाने देखिन्छ ।
आयोजना निर्माणका क्रममा बन क्षेत्र डुबनामा पर्ने र ७५८ वटा रुख कटान गर्नुपर्नेछ । यसबाट २३ घरधुरीको २.८७ हेक्टर जग्गामा प्रत्यक्ष प्रभाव पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। उक्त जग्गा आयोजनाले खरिद गर्नेछ। त्यसैगरी प्रतिवेदनमा सामाजिक उत्तरदायित्व कार्यअन्तर्गत प्रभावित क्षेत्रका स्थानीयका लागि शिक्षा, स्वास्थ्य, बाटो निर्माण तथा मर्मत, जडीबुटी प्रशोधनका कार्यक्रम सञ्चालन गर्न ११ करोड बजेटको विनियोजित गरिएको छ ।
त्यसैगरी प्रतिवेदनले बाताबरणीय प्रभाव न्यूनीकरणका लागि ५ करोड थप बजेटको व्यवस्था गरेको छ। उनले नेपाल सरकार ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् बिकास विभागमा हुम्लाबाट फिर्ता भएलगत्तै प्रतिवेदन पेस गरिने बताए।
आयोजना सम्पन्न गर्न स्थानीयले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उचित मुआव्जाको व्यवस्था, यथासक्य आयोजनाको कामलाई तिव्रता दिनुपर्ने स्थानीय तथा सरोकारवालाको सुझाव छ।
सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी,खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावल, वन विभागबाट समेत प्रतिनिधि र आयोजना प्रमुख लगायत सरोकारवालाहरूको उपस्थितिमा आयोजनाको वातावरणीय तथा सामाजिक प्रभाव सहितको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
माथिल्लो चुवा लुड्प्या खोला अर्धजलाहयाक्त जलविद्युत आयोजना सांरा प्रतिवेदन