साउने पूर्णिमा हुम्लामा पनि धामी नाच

अर्जुन बोहरा

भाद्रा १४,२०८०
हुम्ला।जनै पूर्णिमा अर्थात साउने पूर्णिमाको अवसरमा हुम्लाका विभिन्न गाउँपालिकामा रहेका अधिकांश गाउँमा धामी नाचेर पूर्णिमा पर्व मनाएका छन ।
साउने पूर्णिमाको त्रयोदशी दिन देखि बिहानैदेखि विभिन्न देवताको माडु (मन्दिर)मा देवताका धामी र भत्तालुको भिड लाग्ने गरेका छन ।
जिल्लाभरीका देवी देवताहरुको माडु तथा थानमा ठूलो धुईचो लाग्नुका साथै धामी नाच्ने, देवताको पुजा आज गर्ने र वोका,राँगा,कुखुराको भालेको बली दिने काम भैरहेको छ । देवी,भुवनी,मष्ठो,कालसील्लो,हिल्सो,मदानु, राम्पाल,बडपाल,हंशपाल,लाँगो,ल्वासुर,महाँकाल,वेताल लगायतका देवताको पुर्णीमाका रुपमा मानाईने साउन पूर्णीमाको चौथो दिन आज बिहानैं देखि जिल्लाका अधिकांश देवी देवताको माडुमा धामी (पर्तुने) नाच शुरु भएको छ ।


हुम्लाको अदानचुली, ताँजकोट, सर्केघाड, सिमकोट र खार्पुनाथ गाउँपालिका लगायत विभिन्न गाउँमा बिहानै देखि ठूलो देवीदेवताका थानामा पुजाआज गरेका छन ।


जिल्ला सदरमुकाम सिमकोट गाउँपालिका २को ठेहेमा राम्पाल माडुमा माडुमा बिहानै देखि धाम (जात्रा) शुरु भएको छ । दिनभर वलि चढाउने पुजाआजा गर्ने, वेलुका र रातभर माडुको परिसरमा धामी नाच नाच्ने मागल तथा भोजन कृत्य गाउने सिमकोट वडा नम्बर १ का वडा सदस्य गोरख बहादुर भण्डारीले बताए । गाउँको सबैभन्दा ठूलो देवताका रुपमा चिनिने रामपालको माडु र गाउँमा भएका अन्य देवत बाडपालको माडुमा पनि देवताका धामी र डाँगर जम्मा भएर पुजाआजाको काम भैरहेको घन्टापाल देवताका पुजारी भक्त बोहराले जानकारी दिए ।


त्यसै गरि सिमकोटको माथिल्लो गाउँमा रहेको मुगाधारा कालाशिल्ता माडुमा र तल्लो बजारमा रहेको वडापाल माडुमा बिहानै देखि पुजापाठको भएको वडानं ६का अध्यक्ष नन्द रावतले बताए । माडुमा देवताको पुजाका लागि टाटे (पुरी) पकाउने,बोकाको वलिका दिने गरेका छन ।


उता सिमकोट ७ को धारापोरीमा धारापोरीमा बुधबार परेको त्रिदशीको दिनदेखि मष्टादेव र कैलाश देवताको पुजापाठ गरि मनाइएको छ । गाउँका सबै घरपरिवारले साउने पूर्णीमाको त्रिदशीका दिन आफ्नो स्थानीय माडुमा पुजाआजा धामी नाच नाचेर मनाइरहेका छन् ।
जिल्लाको दक्षिण क्षेत्रको ताँजकोटको झडमाडुमा पनि बिहानै देखि पुजापाठ शुरु भएको छ । साविकको मदना गाविस र मैला गाविसका मदना र कैलास देवताका माडुहरुमा ठूलो पुजाआज चलिरहेको छ ।


अदानचुली गाउँपालिकामा पनि साउने पूर्णमाको रौनक निकै चलेको छ । साउने पूर्णीमा खुला रुपमाले मनाउन पाइने भएपछि पनि यो वर्ष जिल्लाभर बेग्लै प्रकारको रौनक शुरु भएको देखिन्छ ।


परम्परागत मान्यता अनुसार त्रयादशी बिहानैदेखि विभिन्न देवीदेवताका मन्दिरमा ठूलो पूजाआजा र जात्रा लागेको मदन परियारले बताए । उनका अनुसार हुम्ला,मुगु,बाजुरा,जुम्ला,कालिकोट,अछाम लगायतका जिल्लाहरुमा यो पर्व मानाउने गरेका छन ।

https://youtu.be/Sb-Abys-Cjc?si=IDvYJClHqsVuCPe8

 

प्रतिक्रिया दिनुहोस