हुम्ला अस्पतालमा नयाँ भवनबाट सेवा प्रवाह

फिल्को मिसन

भाद्रा १४ २०८०
हुम्ला । भवन अभावकै कारण खुम्चिएर सेवा दिँदै आएको जिल्ला अस्पतालले नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको छ । पुरानो भवनमा सेवा दिन बाध्य भएको अस्पतालले नयाँ भवनबाट सबै प्रकारका सेवा दिइएको छ ।
हुम्लाको एक मात्रै जिल्ला अस्पताल २०४० सालमा निर्माण भएको भवन ३८ बर्ष पछि नयाँ भवनबाट सेवा प्रवाह गरेको छ । अस्पताल स्तरोन्नति भए पनि गुणस्तरीय सेवा दिन भने समस्या रहेको स्वास्थ्यकर्मी बताउँछन् । पुरानो भवनलाई मर्मत तथा टालटुल गरेर सेवा दिनुपर्ने बाध्यता थियो । पुरानो भवनबाट विभिन्न समयमा स्वास्थ्य शिविर सञ्चालन हुँदा उक्त भवनबाट सेवा प्रवाह हुँदै आएको छ ।
पुरानो नयाँ भवनबाट सेवा दिन थालेपछि अहिले अस्पतालमा सेवाग्राहीको चाप बढेको अस्पताल प्रमुख प्रेम सिंहले बताए । साँघुरो भवनको बाहिर घण्टौँसम्म लाइन लागेर बिरामी पालो कुरेर बस्नुपथ्र्यो । कतिपय बिरामी पालो पर्खन अप्ठ्यारो मानेर स्वास्थ्य जाँच नै नगरीकन पनि फर्कन्थे ।

“नयाँ भवनमा सेवा सुरु गरेपछि बिरामीको चाप बढेको छ, पुरानो सानो भवनमा रहँदा चिकित्सकलाई सेवा दिन र सेवाग्राहीलाई सेवा लिन अप्ठ्यारो स्थिति रहेको थियो, अहिले अस्पताल भित्रै सबै सेवाको व्यवस्था बनाएको छ”, अस्पताल प्रमुख सिंहले भने ।
नयाँ भवनको पहिलो तलामा सञ्चालन भएको सेवा नागरिकले सहज रुपमा लिन पाएका छन् । पुरानो भवनमा दैनिक ५० देखि १सय सम्म बिरामी आउने गरेकामा हाल नयाँ भवनमा बनेपछि विरामी उपचाररत सहजता भएको अस्पतालले जनाएको छ । आकस्मिक सेवामा पनि बिरामी बढिरहेका छन् । दैनिक ३० देखि ४० आउने गरेको पाइएको छ ।
“भिडियो एक्स–रे, फिजियोथेरापी, परामर्श सेवा, शल्यक्रियामार्फत प्रसूति सेवा लगायतका यहाँबाट दिने सेवालाई प्रभावकारी रुपमा सञ्चालन गरिएको छ, ।

चिकित्सक बस्ने आवास गृह भवन पनि जिर्ण छन् । धुलो झर्छ, बस्न समस्या छ । यस्तै ल्याप, इन्डोर,ओपिडी सेवा दिदै आएका भवन समेत धेरै पुरानो रहेका सिंहले बताउनुभयो । राम्रो कोठा नहुँदा सेवा प्रवाह सञ्चालनमा समेत कठिनाइ हुने गरेको छ । नयाँ मापदण्ड अनुसार निर्माणका लागि विभिन्न तालुक निकायमा जानकारी गराएको बताउनुभयो । तीन जना विशषज्ञ र चार जना मेडिकल अधिकृत दरबन्दी रहेको उहाँले बताउनुभयो ।
पाँच जना मेडिकल अधिकृत छन् भने एक जना विशेषज्ञ डाक्टर कार्यरत रहेका छन् । ६ जना करार चिकित्सक रहेको सिंहले बताउनुभयो । अहिले जिल्ला अस्पतालमा दरबन्दी अनुसारका अन्य सबै कर्मचारी पुर्ण रहेको बताउनुभयो ।
हुम्लाको जिल्ला अस्पतालमा ७ जना सरकारी स्थायी चिकित्सकको दरबन्दी छ । तर, अस्पतालमा स्थायी चिकित्सक दुई जना मात्रै छन् । स्थायी चिकित्सकबिना नै अस्पताल चलिरहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख सिंहले बताउनुभयो । ठूलो संख्यामा रिक्त रहेको स्थायी चिकित्सक दरबन्दी सुरुदेखि नै खाली छ ।
प्रमुख सिंहले भन्नुभयो, स्थायी चिकित्सकको कोटा सुरुदेखि नै खाली छ, ७ वटा सरकारी कोटामा दुई जना मात्रै चिकित्स रहेका छन् । अहिले करार चिकित्सकका भरमा अस्पताल चलिरहेको बताउनुभयो । जिल्ला अस्पताल हुम्लामा पूर्वाधार सँगै दक्ष जनशक्तिको अभाव छ । हाल अस्पतालमा करार र स्थायी गरेर जम्मा ६२ जना कर्मचारी कार्यरत छन् । अस्पतालमा अहिलेसम्म नवौं तहका स्थायी चिकित्सक आएका छैनन् । अहिले अस्पतालमा करार सेवामा कार्यरत चिकित्सकले उपचार गरिरहेका छन् ।
उहाँका अनुसार पन्ध्र शय्याको क्षमतामा सञ्चालित जिल्ला अस्पताल हुम्लाको घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सुविधासम्पन्न भवन निर्माण कार्य बढाउन माथिल्लो निकायाले आग्रह गरिउको बताए ।
विशेषज्ञ डाक्टर र मेडिकल अधिकृत दरबन्दी अनुसारका छैनन् । जसले गर्दा जटिल रोगका बिरामीको उपचारमा समस्या हुने गरेको छ । जिल्ला अस्पतालमा पर्याप्त जनशक्ति, सुविधा र पूर्वाधार नहुँदा हुम्लाबासीले सास्ती खेपिरहेका छन् ।
दुई दिन लगाएर जिल्ला अस्पतालमा श्रीमतीको उपचार गराउन आउनभएका सर्केगाड गाउँपालिका २ रिप गाउँका धनविर नेपालीका अनुसार, पुरानो भवन करार चिकित्वले भएपनि सेवा राम्रो दिएको छ । सात दिनसम्म अस्पतालमै रहेका नेपालीले राम्रो सेवा पाएको बताउनुभयो ।
गाउँमा रहेका स्वास्थ्यचौकीमा राम्रो उपचार नहुँदा जिल्ला अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीको भिड बड्ने गरेको छ । खार्पुनाथ गाउँपालिका ४ छिप्रा गाउँका रमिता रावलका अनुसार राम्रो सेवाको लागि जिल्ला अस्पताल आएको बताउनुभयो ।
पाँच दिनसम्म अस्पतालको वार्डमा भर्ना भएपनि नियमीत चेकजाँचका लागि चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी आउने गरेको सिमकोट गाउँपालिका ७ का महेश्वरी शाहीले बताउनुभयो
यहाँ शल्यक्रियामार्फत प्रसूति सेवा दिन थालेपछि सदरमुकाम सिमकोटमा सातैवटा गाउँपालिकाका प्रसूति सेवाको पहुँच बढेको छ । बर्षमा शल्यक्रियामार्फत प्रसूति सेवा ६ देखि ८ जना गर्भवति महिलाको हुने गरेको अनिमि सरिता बोहरा बताउँछन् । भौतिक पूर्वाधार लगायतका सेवा अभावका कारण भने विशेषज्ञ सेवा दिन भने अझै समस्या देखिन्छ । यहाँ निर्माणाधीन भवन समयमा नै सम्पन्न नहुँदा विशेषज्ञ सेवा प्रभावित बनेको बताए ।

प्रतिक्रिया दिनुहोस