तरकारी खेतीबाट वार्षिक डेट लाख कमाउँछन् मनबहादुर शाही

भाद्रा ६,२०८०
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९स्थित प्रसेनी गाउँको चौतारका कृषक मनबहादुर शाहीले व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।
नेपाली सेनाबाट अवकाश भएपछि शाहीले आफैनै कृषि पेशा अपनाएका हुन् । तिन बिघा जग्गा मध्ये तिन कटा जमिनामा तरकारी खेती गर्दै आएका शाहीले,आफनो खर्च खर्च कटाएर वार्षिक रूपमा डेट लाख सम्म आम्दानी गरेका छन् ।
अहिले आफनो अवकाश पाएको पेशनपटाको रकम र तरकारी खेतीबाट आएको पैसाबाट घर खर्च र छोराछोरी लाई उच्च शिक्षा सम्म पढाउने काम गरेको छु’, शाहीले भने, ‘तरकारी खेतीपाती बाट मलाई आम्दानीको राम्रो स्रोत भएको बताए।’
बर्खाको समयमा तरकारी खेती गर्दै आएका शाहीको बारीमा अहिले गोलभेँडा, काउली र बन्दागोभी,तितेकरेली फलाएका छन् । शाहीले भने, ‘सिजन अनुसार गोलभेँडा,काउली, बन्दा, काँक्रा, लौका, फर्सी, धनिया,रायो लगायत तरिकारी बाट राम्रै आम्दानी गरेको छु ।’ उनको तरकारी खेतीबाट नजिका छिमेकीहरु पनि तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।
अहिले उनलाई तरकारी खेतीमा सहयोग गर्ने श्रीमती र छोरी हुन् । तरकारी बिक्री गरेरै आफूले छोरी सिए र दुई वटा छोरी मास्टरडिग्र पढाउन सफल भएको शाहीले बताए । उनले तरकारी खेतीसँगै गाई फार्म सञ्चालन र वंगुरपालनसमेत गरेका छन् ।
तरकारी खेतीसँगै गरेको गाईपालनबाट दैनिक ४० लिटर दूधसमेत बिक्री गर्ने गरेको उनी बताउँछन् । तरकारी खेतीमा ग्रिन रेजिलेन्ट एग्रिकल्चर प्रोडक्टिभ इकोसिस्टम (ग्रेप) परियोजनाबाट आर्थिक तथा प्राविधिक सहयोगट प्राप्त भएको शाहीले बताए ।
परम्परा खेती प्राणली भन्दा आधुनिक खेती कृषि पेशाबाटै मनग्गे आम्दानी गर्न सकिने शाहीको भनाइ छ । बिस ÷एकाईस वर्षसम्म नेपाली सेनाको रोजगारीमा समय विताएपछि अहिले आफनै बारीमा परिवार संगै व्यावसायिकरुपमा तरकारी खेतीतर्फ लागेको बताए ।
तरकारी बिक्री गरेको आम्दानीबाट शाहीले आफ्ना ४ छोराछोरीको दुई जना आफु गरि ६जानको परिवार खर्च र पढाइको खर्च जुटाएका छन । तरकारीको विक्रीको लागि बजारको समस्या नभएको बताउँदै शाही भन्छन्, ‘तरकारीको खेतीको बजारको राम्रो भाउ छ ।
कर्णाली प्रदेश राजधानि सुर्खेतमा भएकोले पनि माग धेरै आएको छ । अर्झै पनि माग अनुसार उत्पादन गर्न नसकिएको उनले बताए।खेतीपातीका लागि मेहनतका साथमा अघि बढ्दा राम्रो फाइदा हुने उनको अनुभव रहेको छ । कहिलेकाहीँ घामपानी, हावापानी नमिल्दा तरकारी खेतीमा समस्या हुने गरेकोले शाहीले सुझाव छ ।स्थानीय सरकारले कृषि पेशालाई प्रोत्साहनका साथ ध्यान दिन जरूरी रहेको शाही बताउँछन् ।
बर्षायमा र बेमौसमी तरकारी खेतीका लागि प्रोत्साहन गरेमा स्थानीय कृषकहरु लाई आत्मनिर्भर बनाउन सकिने उनको भनाइ छ ।