दुर्गम गाउँमा सुत्केरी महिला अझैं गोठमै

भक्त राज ऐडी

साउन २०, २०८०
सिमकोट /हुम्लाको सिमकोट गाउँपालिका–५ को खोल्सी गाउँकी गर्भवती महिलाहरु अझै गोठमा सुत्केरी हुने गरेको पाइएको छ ।
सिमकोट गाउँपालिका– ८ का वडाध्यक्ष कमल बुढाका अनुसार खोगाउँमा प्रसूतिगृह नहुनु र सिंगो खोल्सी बासिन्दामा सुरक्षित सुत्केरी गराउने कुरामा जानकारी पाएर पनि त्यसलाई अटेरी गरेका कारण गर्भवती महिला गोठमै सुत्केरी हुने गरेको बताए।
खोल्सी गाउँकै अधिकाँस महिलाहरु भने सुत्केरी व्यथा लाग्ने बित्तिकै स्वास्थ्य चौकी जानु भन्दा पनि आफनै घरको गोठमा सुत्केरी भएको पाइको छ।
“सुत्केरी भएका बेला न राम्रो खाना खान्छन्, न त बास नै गोठमो छ । सुत्केरी महिला लाई कसैसँग छोइनुहुँदैन । खोल्सी गाउँको कडा नियम रहेको छ” सिमकोट गाउँपालिका– ८ का वडाध्यक्ष बुढाले बताए ।
स्थानीय बासिन्दा जनक बहादुर शाहीको अनुसार “एक सय घरधुरीलबसोबास गर्ने खोल्सी गाउँमा भने यही महीना सुत्केरी भएका २ जना सुत्केरी महिला अहिले पनि आ–आफ्ना गोठमा पशुसँगै बसेका बताए ।”
यसै गरि चौंथो सन्तान जन्माएकी खोल्सी गाउँकी आफनो नाम परिवर्तति नाम वेलकला शाहीले सबै बच्चा गोठमै जन्माएको बताईन् । यसअघिका ३ सन्तान गोठमै जन्माएको र उनी भन्छिन्, “अँध्यारो गोठमा चिसो लागेर एक बच्चा खेर गए बताए ।”गर्भवति महिलाका श्रीमान् सुत्केरीलाई घरमा राख्दा देउता रिसाउने शाही ठकुरी लगायतका जातिले भने आफनो धर्म नष्ट हुन्छकी भने सोचले यो गाउँमा यस्तै चलन भएको बताउँछन् ।
महिलाहरू स्वास्थ्य चौकीमा आधुनिक सुविधासम्पन्न प्रसूतिगृह नहुँदा अझै सुँडेनीको सहयोगमा गोठमै सुत्केरी हुन बाध्य छन् । प्रसूतिगृहको अभावमा सो क्षेत्रका कतिपय स्थानमा आउने प्रसूति भत्तासमेत फिर्ता जाने गरेको रहेछ । गोठमा सुत्केरी हुने महिला तथा शिशुहरूमा संक्रमणको सम्भावना उच्च हुने गरेको छ ।
फिर्ता जाने भत्ता बरु उनीहरूको पोषिलो खाना तथा तातो लुगामा खर्च गर्न सकिन्थ्यो । यहाँका महिलाबारे न परिवारका सदस्य न सरकारले नै गम्भीर भएर सोच्ने गरेका छन् ।गोठमै सुत्केरी गराउने कार्य राम्रो नभएको कुरा सम्झाउने प्रयास गर्दा पनि अभिभावकले नमान्ने गरेको बताए ।
खोल्सी आधारभूत स्वास्थ्य एकाइका अहेब धिरेन शाहीले आठ पटकसम्म गर्भ जाँच गराउन आउने गर्भवती महिला सत्केरी गराउन भने वडाको स्याँडा स्वास्थ्य चौकीमा रहेको प्रसूतिगृहमा जान नमान्ने बताए। सुत्केरीले नुहाउनका लागि समेत सार्वजनिक धारा प्रयोग गर्न नपाएपछि दूषित पानीका कारण अनेकौं रोग निम्तिने गरेको स्वास्थ्य ईकाएका अहेब शाहीले बताए ।
अघिल्लो आर्थिक वर्षमा उक्त गाउँमा १७ जना गर्भवती महिला भए पनि सबै जना गाउँकै गोठमा सुत्केरी भएका थिए। उनीहरूमध्ये एक जना जटिल केस भएपछि जिल्लामा उद्धार गर्नुपरेको बताए ।
दुर्गमका यी जिल्लाहरूमा सुत्केरीलाई घरमै राखेपछि देउता रिसाउँछन् भन्ने अन्धविश्वास छ । देवीदेउता रिसाउने बहानामा सुत्केरीलाई दूध, दही, माछा, मासु केही नदिइने समाजमा सुत्केरीले हरियो तरकारी, गेडागुडीको झेल खाए नवजात शिशुमा नकारात्मक असर पर्ने मान्यता अझै रहेको छ ।
गाउँका गोठ–गोठमा सुत्केरी गराउने गर्भवती महिलालाई गर्भजाँच गरेबापतको रकम दिइने गरे पनि प्रसूतिगृहमा सुरक्षित सुत्केरी गराएबापत पाउने भत्ता भने दिइने गरेको छैन।
गाउँबाट एक घण्टा टाढा रहेको स्याउँ स्वास्थ्य चौकी र आधा घण्टा टाढाको धारपोरी आधारभूत स्वास्थ्य केन्द्रमा गर्भवती जान खोजे पनि परिवार र गाउँलेले सहयोग नगरेका कारण सबै गर्भवती महिला गाउँमा सुत्केरी हुन बाध्य भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस