सर्केगाडमा खाद्यान्नको मसिनो चामल सहजरुपमा पाउन थाले

चैत४२०७९
सर्केगाढ । हुम्लाको सर्केगाड गाउँपालिकाको खाद्यान्न गोदाममा यति खेर मसिनो चामलले भरीभराउ छ। सुर्खेत,नेपालगन्ज लगायतका शहरबाट सजिलै गाडी चल्ने भएकाले यो सिजनमा चामलको अभाव देखिदैन।
बर्खाको सिजनमा भने कहिले ढुङ्गा खस्ने,जमिन भासिने त कहिले खोला बढ्ने हुनाले सवारीसाधन चल्न गा¥हो हुन्छ। त्यो अबस्थामा भने चामलको अभाव हुनेगर्छ। बर्खाको समयमा पनि मान्छेहरु लाई सहजता बनाउन दीर्घकालीन प्लान गरेको छौं । त्यसैगरी सर्केगाडमा खाद्यान्न बैंकको पनि स्थापन भएको छ। जसबाट हामी खाद्यान्न तथा नगदे बाली नाली खरिदबिक्री गर्न सकिने सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकायले बताए।
हुम्लाको सर्केगाढ गाउँपालिका–२उनपानी कुन्डली थापा भने आफ्नै रहनसहन र भाषा बोल्ने निकै हँसिलो हुनुहुन्छ। उहाँले जीवनका अधिकांश समय गाईभैँसी र भेडाबाख्राको गोठालो गरेरै बिताईन् । तेतिबेला थापाले भोगेका कैयौँ अनुभव अहिले आफैँलाई नौलो लाग्छन्। उनले भोगेका लामो अनुवभव छ । खाद्ययन्नको नुन र चामलको लागि हप्ताऔ दिन लाइनमा बसेको अनुभव उनीको मानसपटलमा अझै ताजै छ।
विकासका कुनै पनि पूर्वाधारले नजोडिएको अवस्थामा गरेका अनेकौँ सङ्घर्षपछि बल्ल अहिले गाउँसम्म सडक पुगेपछि नुन र चामाल सहजरुपमा पाउन थालेपछि उनी खुसी छन्।
उनले थपिन “बाच्नु मात्र पर्ने रहेछ, धेरै कुरा देख्न पाइदो रहेछ“। ठेकेदारले चामल ल्याउदा बित्तिकै नियम अनुसार प्रत्येक वाडलाई खबरगरी बाँढ्ने गरेको खाद्यान्न कर्मचारी माया थापाले बताइन् ।
गाउँमा यसरी मोटर गाडी गुड्ला, बिजुली बत्तीले गाउँ घर झिलिमिली होला घर आगानमै सामना सहजरुपामा पाउने उहाँले कहिल्लै कल्पना गर्नुभएको थिएन ।
कर्णाली करिडोर हुम्ला सडकखण्डकोे ट्र्याक निर्माण भएर गाडी गुड्न थालेपछि यहाँका स्थानीयवासीले यस्तो सुविधा पाएका हुन्। ताँजकोट,अदचुली,सर्केगाड र चंखेली गाउँपालिका लाई सहज हुने कारण कर्णाली करिडोरको सडकको ट्र्याक खुलेपछि सहज भएको छ । खच्चड र मानिसले नै बोकेर खाद्यान्नलगायतका सामान ढुवानी गर्दै आएका स्थानीयबासी सडकले सिधा सम्पर्क जोडिएसँगै गाउँमा उत्पादन हुने बस्तु लाई सहज बजारीकरणमा सुविधा पुग्ने भएपछि उत्साहित बनेका छन्। यस क्षेत्रमा उत्पादन हुने आलु, सिमी लगायतका कृषि उपज र भेडाबाख्राको बजारीकरणमा सडक सञ्जालले टेवा पु¥याउने अपेक्षा गरेका छन ।