हुम्लाको खर्च निरासाजनक, विकासी बजेटमा ५१.६६ प्रतिशत मात्रै

फिल्को मिसन

२०७८ श्रावण,१६ गते शनिबार
सिमकोट । हुम्लामा आर्थिक वर्ष २०७७/०७८विकासी बजेट ५१ दशमलव ६६ प्रतिशत मात्र खर्च भएको गरेको छ । जिल्लाका ७ वटा स्थानीय तह र २७ वटा सरकारी कार्यालयले विकास बजेट वार्षिक ५२ करोड ३५ लाख ७१ हजार विनियोजित भएकोमा २७ करोड ४ लाख ९१ हजार ५सय ९६ बजेट मात्र खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख नविन विश्वकर्माले बताए ।
आर्थिक वर्ष २०७७/०७८ मा हुम्ला जिल्लाको कुल बजेट खर्च ८७ दशमलव १५ प्रतिशत पुगेको छ । आर्थिक वर्ष ०७७/०७८ मा कुल तीन अर्ब ३७ करोड ९२ लाख ४७ हजार १सय ९४ को बजेट बिनियोजित भएकोमा दुई अर्ब ९४ करोड ४७ लाख २९ हजार २सय ९४ रुपियाँ सबै कार्यालय गरेर खर्च भएको हो । यो खर्च चालु र पुँजीगत बजेटको हो । यता आर्थिक वर्ष२०७७/०७८ मा हुम्ला जिल्लाको कुल बजेट खर्च ८७ दशमलव १५ प्रतिशत पुगेको छ ।
विकासी रकम कम खर्च हुनुको कारण कोरोना, हिमपात, कर्मचारी जिल्लामा नियमित नबस्नुको कारणले बजेट कम खर्च भएको सेवाग्राहीको गुनासो रहँदै आएको छ। बिकास बजेट कम खर्च हुनुमा, कार्यालय, निर्माण कम्पनी, उपभोक्ताहरुको पनि उत्तिक्कै दोष देखिएको छ ।
यसमा नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिका सहित हिल्सा सिमकोट सडम आयोजना, प्रधानमन्त्री कृषि स्याउ जोन, जिल्ला समन्वय समिति लगाएतका २७ वटा सरकारी कार्यालयहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस