देउवाले राष्ट्रपतिलाई प्रयोग गरेको भाषाप्रति प्रधानमन्त्रीको आपत्ति

फिल्को मिसन

२०७८जेठ ,८गते शनिबार

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रयोग गरेको भाषाप्रति आपत्ति जनाउनुभएको छ ।
आज बालुवाटारमा आयोजित बुद्धिबहादुर रायमाझीको ‘पञ्चायती जेलमा १३ वर्ष’ नामक पुस्तक बिमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले जसले लोकतन्त्र मान्दैन, उनीहरुले आफूलाई लोकतन्त्रको हिमायती बनेर नक्कली कुरा गरिहेको बताउनुभयो ।
देशलाई अराजकता र असभ्यतातिर लैजान खोजेको भन्दै उहाँले प्रमूख प्रतिपक्ष दलका नेता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको औपचारिक वक्तव्य हेरेको र राष्ट्रपतिलाई तपाईसम्म भन्न सभ्यता नेपाली काँग्रेसमा नदेखिएको भन्दै आलोचना गर्नुभयो ।
‘आज प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ । राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेन । सभापतिको तहबाट राष्ट्रपतिको सम्बन्धमा बोलिएको भाषामा तिमी, उनी, यसो गरिन् भन्ने बोलिएको छ,’ प्रधानमन्त्रि ओलीले आपत जनाएका छन ।

 

प्रतिक्रिया दिनुहोस